बिएल संवाददाता
शुक्रबारदेखि चलिरहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहको भेलामा सहभागी हुन आएका नेता तथा कार्यकर्ताहरूको खानपानका लागि विशेष प्रबन्ध मिलाइएको छ।
‘ॐ शाही क्याटरिङ एण्ड पार्टी प्यालेस’को क्याटरिङ राखेर नेता कार्यकर्तालाई खानाको व्यवस्था गरिएको हो। क्याटरिङको रेकर्डअनुसार भेलामा बिहान र बेलुका गरी करिब ८ हजार जनाले खाना खाने गरेका छन्।
क्याटरिङमा दैनिक ४०० किलो मटन र ८०० किलो चिकेन खपत हुने गरेको छ। मेन्यु अनुसार खानामा प्लेन पुलाउ, भटौरे रोटी, चिकेन रोष्ट, मटन करी, दाल फ्राई, मिक्स भेज ड्राइ, ग्रीन सलाद र अचार राखिएको छ।
त्यस्तै बिहानको नास्तामा कालो चिया, ब्ल्याक कफी तथा पुरी-तरकारीको व्यवस्था गरिएको छ।
खाना/नास्ताको व्यवस्था भने ठेकेदारसमेत रहेका रामेछापका नेता कान्छाराम तामाङले गरेका बताइएको छ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा शुक्रबारेदेखि सुरु भएको राष्ट्रिय भेला आइतबारसम्म चल्नेछ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया