बिएल संवाददाता
सरकारले सुनसरी घटना र त्यसको प्रतिक्रियामा भएको सिरहाको घटनामा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दुई घटनाका ४ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।
सुनसरीको कप्तानजञ्जमा भएको घटनामा प्रहरीको गोली लागेर ३ जनाले ज्यान गुमाएका थिए। त्यसको प्रतिक्रियामा सिरहामा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर थप एक जनाको ज्यान गएको थियो।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
सुनसरीमा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहता र सिरहामा ज्यान गुमाएका गणेश यादवलाई सहिद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया