बिएल संवाददाता
सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सकिएको छ।
बैठक सिंहदरवारस्थित कानून मन्त्रालयमा शनिबार सम्पन्न बैठक सहमति नजिक पुगे पनि निष्कर्षमा भने नपुगेको कार्यदलका संयोजक कानुनमन्त्री पदम गिरीले जानकारी दिए।
उनले व्यक्तिको नाम उल्लेख नगरी समस्याग्रस्त रहेका सहकारीको नाम उल्लेख गर्ने र ऋण लिएका कम्पनीको नामसमेत उल्लेख गरेर छानबिन समिति गठन गर्ने विषयमा करिब सहमति भएको बताए।
अब कार्यदलमा भएको छलफललाई आजै बालुवाटारमा बस्ने शीर्ष नेताहरुसहितको बैठकमा प्रस्तुत गर्ने मन्त्री गिरीले बताए।
कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया