बिएल संवाददाता
सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सकिएको छ।
बैठक सिंहदरवारस्थित कानून मन्त्रालयमा शनिबार सम्पन्न बैठक सहमति नजिक पुगे पनि निष्कर्षमा भने नपुगेको कार्यदलका संयोजक कानुनमन्त्री पदम गिरीले जानकारी दिए।
उनले व्यक्तिको नाम उल्लेख नगरी समस्याग्रस्त रहेका सहकारीको नाम उल्लेख गर्ने र ऋण लिएका कम्पनीको नामसमेत उल्लेख गरेर छानबिन समिति गठन गर्ने विषयमा करिब सहमति भएको बताए।
अब कार्यदलमा भएको छलफललाई आजै बालुवाटारमा बस्ने शीर्ष नेताहरुसहितको बैठकमा प्रस्तुत गर्ने मन्त्री गिरीले बताए।
कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया