बिएल संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिवहरूको सम्पत्तिमाथि अनुसन्धान थालेको छ।
देउवाका स्वकीय सचिव भानु देउवा र प्रचण्डकी स्वकीय सचिव एवं छोरी गंगा दाहालको परिवारको सम्पत्तिमाथि अख्तियारले अनुसन्धान सुरु गरेको हो।
अख्तियारले भानु देउवाको सम्पत्ति अनुसन्धानका लागि १३ पाने फारम भराइसकेको स्रोतले बतायो। देउवाको सम्पत्तिबारे अख्तियारमा उजुरी परेपछि अनुसन्धान अधिकृत तोकेर उनको परिवारका नाममा रहेको सम्पत्तिको छानबिन सुरु भएको हो।
भानु देउवाको बैंक खाता विवरणदेखि जग्गा र शेयरहरूको लगत विवरण मगाउने काम चलिरहेको अख्तियार स्रोतले बतायो। देउवाले आफन्तको नाममा समेत सम्पत्ति लुकाएको हुनसक्ने आशंकामा अनुसन्धान थालेको छ।
यता प्रचण्डपुत्री गंगा दाहालको परिवारको सम्पत्तिमाथि पनि अनुसन्धान थालेको छ। उनीसँगै श्रीमान जीवन आचार्यको सम्पत्तिमाथि अनुसन्धान एकैसाथ अघि बढाएको हो। गंगा तत्कालीन प्रधानमन्त्री प्रचण्डकी स्वकीय सचिव थिइन्। पति आचार्य कोशी प्रदेशसभाका सदस्य एवं कोशी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत हुन्।
पूर्वप्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको सम्पत्तिमाथि अख्तियारले यसअघि नै अनुसन्धान सुरु गरिसकेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया