बिएल संवाददाता
प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार मध्यरातमा एक्लो महसुस गर्दै स्टाटस लेखेपछि रास्वपा सांसद मनिष झाले जवाफ फर्काएका छन्।
सरकारका कामप्रति रास्वपाकै सांसदहरूले समेत असन्तुष्टि जनाउन थालेपछि प्रधानमन्त्रीले ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ’ भन्दै नआत्तिन आग्रह गरेका थिए।
‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन। केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्,’ उनले भनेका थिए।
बालेनलाई जवाफ फर्काउदै सांसद मनिष झाले परिवर्तनको लागि महान् जनादेश पाएको सरकारमा कोही एक्लो नभएको स्पष्ट पारेका छन्।
‘हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्। यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ। जन निर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन,’ मनिषले भनेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया