बिएल संवाददाता
प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार मध्यरातमा एक्लो महसुस गर्दै स्टाटस लेखेपछि रास्वपा सांसद मनिष झाले जवाफ फर्काएका छन्।
सरकारका कामप्रति रास्वपाकै सांसदहरूले समेत असन्तुष्टि जनाउन थालेपछि प्रधानमन्त्रीले ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ’ भन्दै नआत्तिन आग्रह गरेका थिए।
‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन। केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्,’ उनले भनेका थिए।
बालेनलाई जवाफ फर्काउदै सांसद मनिष झाले परिवर्तनको लागि महान् जनादेश पाएको सरकारमा कोही एक्लो नभएको स्पष्ट पारेका छन्।
‘हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्। यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ। जन निर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन,’ मनिषले भनेका छन्।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया