बिएल संवाददाता
स्वास्थ्य उपचारका लागि विदेश गएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साउन २६ गते नेपाल फर्किने भएका छन्।
देउवाको सचिवालयका अनुसार उनी साउन २६ गते राति ९:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका छ।
यसअघि देउवाका स्वकीय सचिव भानु देउवाले भने देउवा साउन महिनाको अन्त्यतिर नेपाल फर्किने जानकारी दिए पनि यकिन मिति तय भइसकेको थिएन।
उपचारका लागि गत फागुन १३ गते सिंगापुर गएका देउवा त्यहाँबाट पत्नी आरजु राणा देउवासहित चैत ७ गते हङकङ पुगेका थिए। हाल उनी हङकङमै छन्।
देउवाको सचिवालयका अनुसार उनी पत्नी आरजुलाई हङकङमै छोडेर एक्लै स्वदेश फर्किन लागेका हुन्। देउवा परिवार केही समयपछि स्वदेश फर्किने बताइएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया