बिएल संवाददाता
नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धमा सर्वोच्चको आदेशविरुद्ध पूर्वसभापति शेरबहादुर देउवाले दिएको पुनरावलोकन निवेदन अघि बढ्ने भएको छ।
प्रधानन्यायाधीश मनोज शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले देउवाको निवेदनउपर सुनुवाइ गर्दै पुनरावलोकनको निस्सा दिने आदेश गरेको छ।
पूर्ण इजलासको अनुमतिसँगै कांग्रेस विवादबारे निर्णय भइसकेको फैसला पुनः सुरुदेखि सुनुवाइ हुनेछ।
यसअघि न्यायाधीशहरू शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन थापाको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो।
सर्वोच्चको पूर्ण इजलासले अब यसअघिकै फैसला सदर गर्ने वा उल्ट्याउने भन्नेबारे आदेश दिने छ। यदि यसअघिको फैसला उल्टिएमा गगन थापालाई सभापति बनाएको विशेष महाधिवेशन अवैधानिक हुने छ।
सर्वोच्चको यसअघिको आदेशलाई पुनरावलोकन गर्न भन्दै देउवाले गत साउन ७ गते वारेसमार्फत निवेदन दर्ता गराएका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया