बिएल संवाददाता
भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल आउने भएका छन्।
नेपाल र भारतका प्रधानसेनापति नियुक्त भएपछि एक अर्काको देशमा भ्रमण गर्ने परम्पराअनुसार सेठको आगामी अगस्ट १६ तारिखमा नेपालमा आउने टुंगो लागेको परराष्ट्र मन्त्रालयका एक उच्च सरकारी अधिकारीले बताए।
करिब ७५ वर्षदेखि भारत र नेपालका प्रधानसेनापति एक अर्को देशको मानार्थ प्रधानसेनापति हुने चलन रहिआएको छ। सेठ गत जुन ३० मा भारतको प्रधानसेनापति बनेका थिए।
नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ताका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्ताव पठाइएको भए पनि भेटवार्ता हुने नहुने निश्चित भइनसकेको स्रोतले बतायो।
नेपाली सेनाका बहालवाला प्रधानसेनापति अशोकराज सिग्देललाई पनि २०८१ सालको मंसिर २७ गते नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा एक विशेष समारोहबीच राष्ट्रपति द्रौपदी मुर्मुले मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया