बिएल संवाददाता
भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल आउने भएका छन्।
नेपाल र भारतका प्रधानसेनापति नियुक्त भएपछि एक अर्काको देशमा भ्रमण गर्ने परम्पराअनुसार सेठको आगामी अगस्ट १६ तारिखमा नेपालमा आउने टुंगो लागेको परराष्ट्र मन्त्रालयका एक उच्च सरकारी अधिकारीले बताए।
करिब ७५ वर्षदेखि भारत र नेपालका प्रधानसेनापति एक अर्को देशको मानार्थ प्रधानसेनापति हुने चलन रहिआएको छ। सेठ गत जुन ३० मा भारतको प्रधानसेनापति बनेका थिए।
नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ताका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्ताव पठाइएको भए पनि भेटवार्ता हुने नहुने निश्चित भइनसकेको स्रोतले बतायो।
नेपाली सेनाका बहालवाला प्रधानसेनापति अशोकराज सिग्देललाई पनि २०८१ सालको मंसिर २७ गते नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा एक विशेष समारोहबीच राष्ट्रपति द्रौपदी मुर्मुले मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया