बिएल संवाददाता
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकस्थितबाट ६४७ किलोग्राम गाँजासहित ट्रक चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहिबार बिहान करिब ५:३० बजे साँगुरीगढी गाउँपालिका–०६ भेडेटार चोकस्थित कोशी लोकमार्गमा विराटनगरतर्फ जाँदै गरेको ना३ख ५०९५ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याएको अवस्थामा ठूलो परिमाणमा गाँजा फेला परेको हो।
चेकजाँचका क्रममा ट्रकभित्र कालो प्लाष्टिकमा प्याक गरी लुकाइछिपाइ राखिएको ६४७ किलोग्राम बराबरको ४८ पोका गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ।
ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–३ निवासी २७ वर्षीय उमेश थिङ र सहचालक धनकुटाको शहिदभूमि गाउँपालिका–१ का ३६ वर्षीय तुलराम राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जनालाई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया