बिएल संवाददाता
कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीले नै निरन्तरता पाउने गुण्डु भेलाले निर्णय गरेको छ।
कार्कीले राजीनामा नदिने अडान राखेपछि अर्को निर्णय नभएसम्मका लागि उनकै नेतृत्वमा सरकारलाई निरन्तरता दिन अध्यक्ष केपी ओली सहमत भएको बैठकमा सहभागी एक नेताले बताए।
बुधबार पार्टी ओली निवास गुण्डुमा मुख्यमन्त्री कार्की, एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारी लगायत नेताहरूबीच घनिभूत छलफल भएको थियो। छलफलमा मुख्यमन्त्री कार्कीले आफू राजीनामा नदिने, तर केन्द्रीय सचिवालय बैठकले निर्णय गरेमा छोड्न तयार रहेको अडान लिएपछि तत्कालका लागि उनकै सरकारलाई निरन्तरता दिन ओली सहमत भएका हुन्।
बैठकमा सहभागी एक नेताका अनुसार ओलीले आफूले भनेको समयमा मुख्यमन्त्रीसहित सबै मन्त्रीहरूले मार्ग प्रसस्त गर्नुपर्ने सर्त राखेका थिए। सोही सर्त स्वीकार गर्दै नेताहरू हाललाई कार्कीकै नेतृत्वमा सरकारलाई निरन्तरता दिन सहमत भएका हुन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया