बिएल संवाददाता
राप्रपाका सांसद ताहिर अली भाटले आफू हिन्दु राष्ट्रको पक्षमा रहेको बताएका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अलीले आफू मुस्लिमको छोरो भएर पनि हिन्दू राष्ट्रको उभिएको पार्टीमा भएको बताएका हुन्।
उनले राप्रपाले मारकाटवाला ‘हिन्दु राष्ट्र’ नचाहेको बताए। उनले सबै मिलेर जाने र एउटा पहिचानको लागि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र मागेको बताए।
उनले भने, ‘सबै धर्मलाई सद्भाव देखाएर सयौं थुँगा फूलका हामी एउटै माला नेपाली छौँ। विश्वमा सबैको राष्ट्रहरू छ। अब क्रिश्चियनको छ, बुद्धको छ, सबै धर्महरूको राष्ट्र छ। डेढ अरब हिन्दुहरूको राष्ट्र छैन। म मुस्लिमको छोरा भएर म हिन्दू राष्ट्रकै पार्टीमा छु र यो पार्टीले मारकाटवाला हिन्दू राष्ट्र चाहेको छैन।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया