बिएल संवाददाता
राप्रपाका सांसद ताहिर अली भाटले आफू हिन्दु राष्ट्रको पक्षमा रहेको बताएका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अलीले आफू मुस्लिमको छोरो भएर पनि हिन्दू राष्ट्रको उभिएको पार्टीमा भएको बताएका हुन्।
उनले राप्रपाले मारकाटवाला ‘हिन्दु राष्ट्र’ नचाहेको बताए। उनले सबै मिलेर जाने र एउटा पहिचानको लागि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र मागेको बताए।
उनले भने, ‘सबै धर्मलाई सद्भाव देखाएर सयौं थुँगा फूलका हामी एउटै माला नेपाली छौँ। विश्वमा सबैको राष्ट्रहरू छ। अब क्रिश्चियनको छ, बुद्धको छ, सबै धर्महरूको राष्ट्र छ। डेढ अरब हिन्दुहरूको राष्ट्र छैन। म मुस्लिमको छोरा भएर म हिन्दू राष्ट्रकै पार्टीमा छु र यो पार्टीले मारकाटवाला हिन्दू राष्ट्र चाहेको छैन।’
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया