बिएल संवाददाता
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भट्टराईलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो।
राहदानी ऐन अन्तर्गत उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको एक सातापछि सहसचिव भट्टराई पक्राउ परेका हुन्।
उनी शाखा अधिकृत हुँदा तिब्बतीहरूलाई शरणार्थीहरूलाई गैरकानूनीरूपमा यात्रा अनुमति पत्र जारी गरी मानव तस्करीको सञ्जाललाई सघाएको आरोप छ।
सीआईबीले जिल्ला अदालतमा पेस गरेको आरोपपत्र अनुसार, २०६५ सालदेखि २०६६ सालसम्म परराष्ट्र मन्त्रालयको राहदानी शाखामा कार्यरत रहदा आफूले बुझेका ट्राभल डकुमेन्ट वास्तविक व्यक्तिहरूलाई जारी गर्नुपर्नेमा तीनजना तिब्बतीहरूलाई नक्कली शरणार्थी बनाएर जर्मन पठाउन खोजेको भेटिएको थियो।
नेपालमा रहेका शरणार्थीहरूलाई गृह मन्त्रालयको सिफारिसमा यात्रा अनुमतिपत्र जारी गर्नसक्ने प्रावधान रहे पनि भट्टराईले भारतीय क्याम्पमा रहेका शरणार्थीलाई फर्जी कागजातका आधारमा अनुमतिपत्र जारी गरेको पाइएपछि उनीविरुद्ध मुद्दा चलेको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया