बिएल संवाददाता
जेनजी आन्दोलनका अगुवा रविकिरण हमाल मधेस प्रदेशको पछिल्लो सामाजिक, सुरक्षा तथा साम्प्रदायिक अवस्थाबारे प्रत्यक्ष जानकारी लिन मधेस भ्रमणमा निस्किएका छन्।
हमालले मधेसका विभिन्न जिल्लामा पुगेर स्थानीय नागरिक, युवा, नागरिक समाज, जनप्रतिनिधि तथा अन्य सरोकारवालासँग भेटघाट र अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा उनले विकसित घटनाक्रमको वास्तविक अवस्था बुझ्ने, स्थानीय समुदायका धारणा सुन्ने तथा शान्ति, सामाजिक सद्भाव र विधिको शासन सुदृढ बनाउन आवश्यक सुझाव संकलन गर्नेछन्।
पछिल्ला दिनहरूमा मधेसका विभिन्न जिल्लामा विकसित घटनाले राष्ट्रिय बहस सिर्जना गरिरहेका बेला हमालको यो भ्रमणलाई चासोका साथ हेरिएको छ। उनले समस्याको समाधान संवाद, न्याय र आपसी विश्वासका आधारमा खोजिनुपर्ने धारणा राख्दै आएका छन्।
संविधान निर्माणका क्रममा मधेसमा संघर्ष चलिरहेका बेला पनि हमालले मधेस यात्रा गरेका थिए। यात्राका क्रममा प्राध्यापक, नागरिक अगुवा एवं युवाहरू अन्तर्क्रिया गरेका थिए।
भ्रमण सम्पन्न भएपछि हमालले आफ्नो अध्ययन, भेटघाट तथा अन्तर्क्रियाबाट प्राप्त निष्कर्ष सार्वजनिक गर्ने बताएका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया