बिएल संवाददाता
गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरूका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ।
शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता भएपछि अहिले १ घण्टाको लागि ब्रेक लिइएको छ। गृहमन्त्री सुदन गुरुङसहित, रास्वपाका सांसद मनिष झा, जनकपुरधाम उपमहानगरका प्रमुख मनोजकुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलसहित सुरक्षा निकायका पदाधिकारीसहितको टोली वार्तामा सहभागीरहेका छन्।
पहिलो चरणको वार्ता सिद्धिएर निस्किने बेला सञ्चारकर्मीहरूसंग छोटो प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले हिन्दूवादी संगठनले उठाएका मागहरू आफूले गम्भीर भएर सुनेको बताए। उनले सबै माग तत्कालका लागि पूरा गर्न नसकिने भए पनि जायज मागहरू तत्कालै सम्बोधन गर्ने जानकारी दिए।
वार्तामा सहभागी विश्व हिन्दू परिषद नेपाल, धनुषाका अध्यक्ष जानकी रमनले हिन्दू राष्ट्र कायम गर्नेमा आफूहरू अडिग रहेको जानकारी दिए। गृहमन्त्री गुरुङले तत्कालै सम्भव नभएकोले हिन्दू राष्ट्र कायम गर्ने भन्ने विषयलाई केन्द्रमा छलफल गरेर अगाडि बढाइने आश्वासन दिएको अध्यक्ष रमनले बताए।
उनले आफूहरूको अन्य मागहरूप्रति गृहमन्त्री सकारात्मक देखिएको जानकारी दिए।
अर्को चरणको वार्ता आजै १ घण्टापछि बस्ने बताइएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया