बिएल संवाददाता
सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समुदायबीच फैलिएको तनाव मधेसभर फैलिएको छ।
आजैमात्र सिरहाको गोलबजारमा गोली चल्दा एक युवकको घटनास्थलमै मृत्यु भएको छ। अर्का एक युवक गम्भीर घाइते भएका छन्। घाइतेको हेलिकप्टरमार्फत उद्धार गरि काठमाडौं ल्याइएको छ।
सुनसरीको आगो मधेसभर फैलिएपछि बल्ल बालेन सरकार ब्युँझिएको छ। घटनाको ५ दिनसम्म मौन बसेको सरकारका गृहमन्त्री सुधन गुरुङ बल्ल सुनसरी जाने तयारीमा लागेका छन्।
गृहमन्त्री बिहीबार साँझ सुनसरी जान लागेका उनको सचिवालय स्रोतले बतायो। यसअघि आफ्ना पीए जेम्स कार्कीलाई पठाएर आफू काठमाडौंमै बसेका थिए।
आजै प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटपछि गृहमन्त्री गुरुङ कप्तानगञ्ज जान लागेका उनको सचिवालयले जनायो।
मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भइ उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
मन्त्री गुरुङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि सुनसरी जादैछिन्। सुनसरी मन्त्री मेहताको गृह जिल्ला हो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया