बुधबार, २९ जुलाई २०२६

चिकित्सकहरूको मागपछि पर्साका प्रहरी प्रमुख काठमाडौं तानिए

News Image
• • •

पर्साका प्रहरी प्रमुख तथा एसपी सुदीप पाठकलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि दुर्व्यवहार भएको घटनामा चिकित्सकहरूले एसपी र सीडीओको सरुवा माग गर्दै आन्दोलन गरेका थिए।

पर्साका एसपीलाई रानीपोखरी तानेर जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवनकुमार भट्टराईलाई पर्सा प्रहरी प्रमुखको जिम्मेावरी दिइएको छ।

चिकित्सकमाथि दुर्व्यवहारको घटनाको छलफलमा बसेका चिकित्सकहरूले वार्ता टोलीलाई एसपी पाठकको सरुवा हुनुपर्ने माग गरेका थिए।

यता सीआईबीमा कार्यरत दानबहादुर थापालाई एसपी भट्टराईको ठाउँमा सरुवा गरिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!