बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पाैडेलबीच भेटवार्ता भएकाे छ। दुईबीच शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएकाे हाे।
राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री र राष्ट्रपतिबीच संसदकाे अवराेध खुलाउने विषयमा छलफल भएकाे छ। सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयलाई नेपाली काँग्रेसले निरन्तर संसद अराेध गर्दै आइरहेकाे छ।
काँग्रेसकाे अवराेधका कारण राष्ट्रपति रामचन्द्र पाैडेलले जेठ १मा प्रस्तुत गरेकाे सरकारकाे आ.व. २०८१/८२काे नीति तथा कार्यक्रमसमेत पारित हुन सकेकाे छैन। आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट सरकारकाे नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेता पनि संसदीय छानबिन समितिकाे कार्यादेशमा सहमति नजुट्दासम्म संसद चल्न नदिने काँग्रेसकाे अडान छ।
कार्यादेश टुंग्याउनका लागि अहिले सिंहदरबारमा छलफल जारी छ।
त्यस्तै राष्ट्रपति पाैडलले समसायिक राजनीतिक विषयमा पनि चासाे राखेकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया