बिएल संवाददाता
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले टस जितेको बलिङ गरिरहेको छ।
घरेलु टोली नेदरल्यान्ड्स विरुद्ध नेपालले टोलीमा दुई परिवर्तन गरेको छ। पेस बलर सोमपाल कामी र लेगस्पिनर सन्दीप लामिछानेलाई बेञ्चमा राखिएको छ।
उनीहरूको स्थानमा हेमन्त धामी र ललित राजवंशी टोलीमा आएका छन्। हेमन्त नेपालको नियमित टोलीमा समावेश थिएनन् रिजर्भमा राखिएका थिए।
नन्दन यादव चोटका कारण शृङ्खलाबाट बाहिरिएपछि हेमन्त उनको स्थानमा आएका हुन्।
जारी शृङ्खलाका तीनवटै खेलमा सन्दीपले एक विकेट पनि लिन सकेका छैनन्। सोमपालले भने ३ खेलमा २ विकेट लिएका छन्।
लगातारको हारले नेपालको लिग–२ मा शीर्ष ४ मा पर्दै सिधै एकदिवसीय विश्वकप छनोट खेल्ने सम्भावना लगभग सकिएको छ। नेपालले बाँकी सबै खेल जितेपछि पनि शीर्ष ४ मा पर्न अन्य टोलीको रनरेटमा भर पर्नुपर्नेछ।
नेपालको प्लेइङ ११ः रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, इशान पान्डे, भीम सार्की, आरिफ शेख, गुल्शन झा, करण केसी, हेमन्त धामी, ललित राजवंशी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया