बिएल संवाददाता
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रका कमजोरी र सफलताका पक्षलाई समग्रतामा हेरेर समीक्षा गर्नुपर्ने बताएका छन्।
नरबहादुर कर्माचार्यको १३ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले आलोचनाबाट आफूहरूलाई कहाँ सुधार गर्नुपर्ने हो भन्ने कुरा थाहा हुने बताए।
उनले एमालेप्रति फरक–फरक समूहको दृष्टिकोण रहेको उल्लेख गर्दै भने, ‘हाम्रा मित्रहरूले हामीलाई कम्युनिष्ट देख्नु भएन। पूँजीवादी साम्राज्यवादीहरूले भने हामीलाई धेरै कम्युनिष्ट ठानेर भदौ २३ र २४ गते सडकमा पछार्ने काम गरे।’
पोखरेलले आफूहरू एक पक्षका लागि कम्युनिष्ट हुन नसकेको र अर्को पक्षका लागि कम्युनिष्ट भएकै कारण पीडित भएको टिप्पणी गरे। उनले कमजोरीबाट कोही पनि मुक्त नरहेको भन्दै एमालेभित्र कमजोरी भएपनि सफलताका सबल पक्षहरू रहेको दाबी गरे।
‘मूल्यांकन गर्ने विषय आफैंबीचको विषय हो। सबै चिजलाई समग्रतामा हेर्नुपर्छ, कमजोरीबाट मुक्त कोही पनि छैनन्। हामीभित्र पनि कमजोरी छन्, तर हामीभित्र पनि सफलताका सबल पक्षहरु पनि छन् त्यसैको मार खेपिराखेका छौं। केही हुँदैन थियो भने शत्रुहरू पनि हुँदैन थिए होला,’ पोखरेलले भने।
महासचिव पोखरेलले एमाले अहिले पनि प्रहारको निशानामा रहेको दाबी गर्दै पार्टीको अस्तित्व र भविष्यमाथि चुनौती खडा गर्ने प्रयास भइरहेको बताए।
‘हामी अहिले पनि प्रहारको निशानामै छौं, प्रहार भइरहेकै छ। यस्तो अवस्थामा पुगेका छौं कि हाम्रो अस्तित्वमाथि र भविष्यमाथि नै चुनौती खडा गर्ने काम भइरहेको छ,’ उनले भने।
उनले पूँजीवादी र साम्राज्यवादी शक्तिका लागि आफूहरू समस्या नभए प्रहार किन भइरहेको छ भन्ने विषयमा वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया