बिएल संवाददाता
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चीन भ्रमणको तयारीमा जुटेका छन्।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को निम्तोमा लामिछाने साउन अन्तिम साता बेइजिङ उड्ने तयारीमा रहेको रविनिकट विश्वस्त स्रोतले बतायो।
चीन भ्रमणका क्रममा लामिछानेले उपराष्ट्रपति हान झेङ र विदेशमन्त्री वाङ यीसँग भेट्ने निश्चित भएको छ। राष्ट्रपति सी जिनपिङसँग पनि भेट्ने प्रयास भइरहेको स्रोतले बतायो। जसका लागि रास्वपा विदेश विभाग र सीपीसीको विदेश विभागले प्रयास गरिरहेका छन्।
‘भारतभन्दा अघि नै निम्तो आएको थियो चिनियाँ कम्युनिस्ट पार्टीबाट। तर, पहिला भारत जानुभयो। अब चीन जाने तयारीमा हो, यही महिनाको अन्तिममा जाने तयारी छ,’ रविको चीन भ्रमणबारे पुष्टि गर्दै स्रोतले भन्यो, ‘उपराष्ट्रपति र परराष्ट्रमन्त्रीसँग भेट तय भइसकेको छ। राष्ट्रपतिसँग पनि भेटवार्ता मिलाउने प्रयासमा हाम्रो र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले काम गरिरहेको छ।’
यसअघि गत जेठ १८ देखि २२ गतेसम्म लामिछानेले भारतको भ्रमण गरेका थिए। त्यसक्रममा उनले सत्तारुढ भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्षसहित वरिष्ठ नेताहरूसहित प्रधानमन्त्री नरेन्द्र मोदी र मन्त्रीहरूसँग भेटवार्ता गरेका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया