बिएल संवाददाता
सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद अभिषेकप्रताप शाहलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजालासले सांसद शाहलाई तत्काल पक्राउ नगर्न सरकारका नाममा आदेश जारी गरेको हो।
सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
मंगलबार सांसद शाहले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी बदरको माग गर्दै गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए।
कुटपिटको आरोपमा कपिलवस्तु जिल्ला अदालतले शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
शाह कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया