नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै पनि बेला विस्फोट हुन सक्ने चेतावनी दिएका छन्।
मंगलबार आयोजित गुरुराज घिमिरेकृत ‘बुद्ध, बीपी र आजका नेता’ तथा ‘लिलिपुटका लघुमानव’ पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै थापाले गुरुराज घिमिरेले आफू र विश्वप्रकाश शर्मालाई लेखेको खुला पत्रमा कुण्ठाभन्दा प्रेम, करुणा र रचनात्मक आलोचना रहेको बताए।
उनले भने, ‘आज गुरु घिमिरेले विश्वप्रकाश शर्मा र गगन थापालाई लेख्नुभएको खुल्ला पत्रको प्रसङ्ग पटक–पटक उठेको छ। त्यसलाई राम्रोसँग पढ्नु भयो भने पार्टीभित्रको अन्तरविरोध र राजनीतिक खिचातानी नदीका दुई किनाराजस्तो देखिन्छ। तर पनि त्यो लेखमा कहीँ पनि कुण्ठा भेटिँदैन। त्यहाँ भावना भेट्नुहुन्छ। कवितामा पनि विचारभन्दा भावना र करुणा हावी भएको ठाउँमा कविता बलियो हुन्छ।’
सभापति थापाले घिमिरेको लेखनले उनको व्यक्तित्व झल्काउने उल्लेख गर्दै आलोचना र निन्दाबीचको भिन्नता स्पष्ट देखिएको बताए।
उनले भने, ‘हामीलाई लेखेको पत्रमा पनि कहीँ कुण्ठा छैन। त्यहाँ प्रेम छ, करुणा छ, समभाव छ, आलोचना छ, निन्दा छैन। यही गुरु घिमिरेको चरित्र हो। जिम्मेवारीमा बसेका मानिसप्रति प्रश्न उठ्नु स्वाभाविक हो।’
पुस्तकका लेखहरू समसामयिक राजनीतिक टिप्पणी भए पनि तिनको मूल सन्देश राजनीतिमा देखिएको विकृतिप्रतिको चिन्ता रहेको उनले बताए।
उनले भने, ‘बुद्ध, बीपी र आजका नेता’ र ‘लिलिपुटका लघुमानव’ सरसर्ती हेर्दा समसामयिक राजनीतिक टिप्पणीजस्ता लाग्छन्। तर मैले यसमा राजनीतिमा आएको विकृतिले लेखकलाई गहिरो पीडा दिएको देख्छु। विभिन्न पात्र र प्रसङ्ग भए पनि सार एउटै छ। विकृतिले समाजमा तीव्र असन्तुष्टि ल्याएको छ। यही असन्तुष्टिले परिवर्तनको अपरिहार्यता स्थापित गर्यो तर नेतृत्वले त्यसलाई बुझ्न सकेको छैन। त्यस कारण कुनै पनि बेला विस्फोट हुन सक्छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया