बिएल संवाददाता
भारतमा कक्रोज जनता पार्टीको आन्दोलन चर्किएसँगै विपक्षी दलहरू पनि सडकमा उत्रिएका छन्।
सोमबार कक्रोजको प्रदर्शनमा व्यापक प्रहरी हस्तक्षेप भएपछि सरकारको विरोधमा विपक्षी दलहरू पनि सडकमा उत्रिएका हुन्।
भारतीय कांग्रेस आईका नेता राहुल गान्धी, प्रियंका गान्धी र राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खरगेसहित शीर्ष नेताहरू प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवासअघि धर्ना बसेका छन्।
गान्धीले भारतीय जनताहरूलाई मोदीको निवास घेर्न सामाजिक सञ्जाल एक्समार्फत आह्वानसमेत गरेका छन्। ‘मोदीलाई लाग्छ यत्तिकै उम्किन पाइएला, अब पाउँदैनन्, यसपटक त बिल्कुल पाउँदैनन्,’ राहुलले भनेका छन्।
कक्रोज समर्थकहरू संसद भवन घेराउमा उत्रिएका छन्। यता कक्रोज आन्दोलन चलिरहेकै समयमा पञ्जाल राज्यमा किसान आन्दोलन चर्किएको छ।
अभियन्ता सोनम वाङचुक भोक हड्तालमा बसेका छन्। सोनमकै समर्थनमा सुरु भएको कक्रोजको आन्दोलन राजधानी केन्द्रीत बन्दा केन्द्र सरकारको टाउको दुखाइ सुरु भएको छ।
चारैतिरबाट एकैपटक घेरिएका प्रधानमन्त्री मोदीको सत्ता संकट देखिन थालेको भारतीय विश्लेषकहरूले अनुमान गर्न थालेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया