बिएल संवाददाता
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैशाल सिरोहिया पक्राउकाबारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई केही पनि नबोल्नका लागि माथिल्लो तहबाट उर्दी जारी गरिएको छ।
बिएल नेपाली सेवासँग कुरा गर्दै रास्वपा स्रोतले माथिल्लो तहबाट सिरोहिया पक्राउबारे केही नबोल्न उर्दी भएको बतायो।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियाले आफू केही बोल्न नसक्ने बताए। ‘मेरो काम छ। यस विषयमा म केही बोल्न सक्दैन’, छोटो कुराकानीमा उनले भने।
यस्तै बिएल नेपाली सेवाको रास्वपाका उपसभापति स्वर्णिम वाग्ले, सहप्रवक्ता मनिष झा, सा्रसद सोविता गौतम, तोसिमा कार्कीलगायतले सम्पर्कमा आउन मानेन्।
यद्यपि रास्वपाले आफूलाई लोकतान्त्रिक दल भन्दै आइरहेको छ। सिरोहिया पक्राउ प्रकरणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सिके रावतसँगै काँग्रेसका नेताहरुले विरोध जनाएका छन्।
डा. भट्टराईले सिरोहिया प्रकरणलाई सरकारको निरङ्कुशता भनेर टिप्पनी गरेका छन्। यस्तै पत्रकार महासंघलेसमेत सियोहिया पक्राउलाई प्रेस स्वतन्त्रताविरुद्ध भनेको छ।
मंगलबार साँझ ६ बजे सिरोहियालाई ठूलो संख्यामा प्रहरी परिचालन गरेर कान्तिपुर मिडिया ग्रुपककै कार्यकक्षबाट पक्राउ गरिएको थियो।
उनीमाथि एउटै नम्बरको दुई वटा नागरिकता भएको आरोप छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया