बिएल संवाददाता
प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच आइतबार लामो छलफल भयो। रवि भेट्न बुढानिलकण्ठस्थित उनकै निवास पुगेका बालेनले सभापतिसँग करिब ४ घण्टासम्म विभिन्न विषयमा घनिभूत छलफल गरेका थिए।
दुई नेताहरूबीच देशको समसामयिक राजनीतिक विषय, केही दिनयता बढिरहेका आत्मदाह र आत्महत्याका घटनाहरू, सुकुम्बासी समस्या समाधान र हालै सम्पन्न पार्टीको महाधिवेशन र केन्द्रीय सदस्य तथा पदाधिकारी मनोनयनलगायत विषयमा छलफल भएको स्रोतले बतायो।
सभापति लामिछानेले प्रधानमन्त्री बालेनलाई सचिवालय परिपक्क बनाउन सुझाव दिएका छन्। पछिल्ला घटनाक्रमबारे सचिवालयले प्रधानमन्त्रीलाई दिएको अपडेटबारे पनि रविले चासो राखेका थिए। सचिवालयलाई थप चलायमान बनाउनुपर्नेमा रविले जोड दिए।
‘सचिवालयमा आलाकाँचा मात्रै देखिए। विपक्षीहरूलाई मनोरञ्जन दिने बाहेक खासै उपलब्धि देखिएन। परिपक्कहरू नभएर हो कि? अलि बलियो र भरपर्दो टिम बनाउनेतर्फ सोच्नुपर्यो प्रधानमन्त्रीज्यू,’ रविको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
प्रधानमन्त्री बालेनले पनि आफूले मनन गरिरहेको र यसबारे सोच्ने बताएका छन्।
रविले सकुम्बासी व्यवस्थापनमा गञ्जागोल/भद्रगोल र अपरिपक्क निर्णयबारे पनि प्रधानमन्त्रीलाई सचेत गराएका छन्। त्यस्तै गणेश नेपालीको आत्मदाह प्रकरणमा महानगरलाई मात्रै दोष दिएर नहुने भन्दै महानगरसँग मिलेर सल्टाउनुपर्नेतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको स्रोतले बतायो।
यता सरकारप्रति जेनजीहरूको असन्तुष्टितर्फ पनि बालेनको ध्यानाकर्षण गराउँदै जेनजी परिषद्लाई पूर्णता दिन सुझाव दिएका छन्।
‘जेनजीहरू असन्तुष्ट देखिए प्रधानमन्त्रीज्यू। जेनजी परिषद् गठनलाई चाँडै पूर्णता दिनुपर्यो। जेनजी घाइते र सहिद परिवारको पनि गुनासो छ, त्यतातर्फ पनि ध्यान दिनुपर्यो,’ रविले बालेनलाई सुझाव दिए।
त्यस्तै रविले महाधिवेशनपछि आफ्नो भागमा पर्ने मनोनीत केन्द्रीय सदस्यहरू र पदाधिकारीहरूको नाम चाँडै टुंग्याउन आग्रह गरेका थिए। बालेनले मनोनीतको मोडालिटीबारे सोधेपछि रविले यस विषयमा पछि फेरि छलफल गरौंला भन्दै छलफल टुंग्याए।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया