बिएल संवाददाता
राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री बालेन्द्र शाहलाई दशैंसम्म सरकार टिकाएर देखाउन चुनौती दिएका छन्।
आइतबार झापाबाट काठमाडौं फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले पत्रकार सम्मेलन गर्न नदिएपछि भक्तपुरस्थित निवासमै पत्रकार सम्मेलन गर्दै प्रसाईंले बालेनलाई चुनौती दिएका हुन्।
बालेनलाई एल्गोरिदमले पनि साथ दिन छाडेको दाबी गर्दै प्रसाईंले आफ्नै कार्यशैलीका कारण यो सरकार धेरै नटिक्ने दाबी गरे।
‘यिनीहरूलाई म चुनौती दिन चाहन्छु– दशैंसम्म हेर। तिमीहरू दशैंसम्म टिकाओ न सरकार। जुन बाटो आएका थियौ नि धुवा धुलो, आगोको लप्का, तिमीहरूलाई पनि पर्नेवाला त्यही छ। सिकाएको तिमीहरूले हो, गुरू त तिमीहरू नै हौ। अब धेरै दिन छैन। यो व्यवस्था नेपाल र नेपाली जनताका लागि फिजिबल छैन। यो व्यवस्थाले अलिअलि भएका मान्छेलाई झुन्डिएर मर्ने र शरीरमा आगो लगाउने बनायो,’ प्रसाईंले सरकारलाई चुनौती दिँदै भने।
प्रसाईंले मुलुकको वर्तमान सामाजिक तथा आर्थिक अवस्थाबारे सरकारको आलोचना गर्दै सर्वहारा वर्ग, घरबारविहीन नागरिक र आत्मदाहका घटनाप्रति सरकार गम्भीर नभएको आरोप लगाए।
उनले भने, ‘सर्वहारा वर्ग, घरबारविहीन, जो सडकमा पुगेका छन्। यति मात्र होइन, शरीरमा पेट्रोल छर्काएर आत्मदाह गर्न थाले। जब घर विग्रिन्छ, तब त्यो स्थिति आउँछ। देशको हालत यही भएको छ। देश भनेको हरेक परिवार मिलेर बनेको हो। आज त्यो परिवार कसैको पनि घरमा छैन। यो सुरुवात मात्रै हो।’
प्रसाईंले पछिल्लो ३५ वर्षमा राजनीतिक दलहरूले भ्रष्टाचार, शोषण तथा विभिन्न आर्थिक अनियमितता गरेको आरोपसमेत लगाए।
‘३५ वर्षसम्म दलहरूले एकलौटी शासन गरे, भ्रष्टाचार गरे, शोषण गरे। लघुवित्त पनि उनीहरूले नै चलाए, सहकारी पनि उनीहरूले नै चलाए, तस्करहरूसँग पार्टनरसिप पनि उनीहरूले नै गरे। यही कारण जनताले साथ दिएर यो नयाँ सरकार ल्याएका हुन्,’ उनले भने।
उनले अहिलेको सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको दाबी गर्दै सुकुम्बासी बस्ती हटाउने कार्यप्रति असन्तुष्टि व्यक्त गरे। ‘यो नयाँ सरकारले के गर्यो भने जसको भोट हो, उसैको घर भत्काइदियो। जसले भोट दियो, उसैका घर भत्काएर पानीमा डुब्छ भनेर उठाएर लगे, फेरि अन्तिममा पानीमै डुबाएर छोडे सुकुम्बासीहरूलाई,’ उनले भने।
सवारी साधनमा लाग्ने जरिवानाको विषय उठाउँदै प्रसाईँले नेपालमा पूर्वाधार विकासभन्दा दण्डात्मक व्यवस्था बढी भएको टिप्पणी गरे । ‘विश्वका धेरै देशमा पहिले सडक बनाइन्छ, पूर्वाधार तयार गरिन्छ। त्यसपछि राम्रो सडक दिएका छौं, अब नियम उल्लंघन गर्न पाइँदैन भनेर जरिवाना गरिन्छ। तर नेपालमा न पूर्वाधार छ, न बाटो राम्रो छ। अहिले चाहिँ आवश्यकताभन्दा बढी जरिवाना लगाइएको छ, जसलाई जोसुकैले पनि थेग्न सक्दैन,’ उनले भने।
आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई सरकारले राहत तथा सहयोग उपलब्ध गराउने घोषणा गरेको प्रसंग उल्लेख गर्दै प्रसाईंले त्यसप्रति पनि प्रश्न उठाए। ‘सरकारले अहिले गणेश नेपालीको परिवारलाई जागिर दिन्छौं, क्षतिपूर्ति दिन्छौं, बच्चा पढाइदिन्छौं भनेर भन्छ। तर बच्चाहरू पढाउनका लागि सबैले गणेश नेपाली नै हुनुपर्ने हो त? नेपालीहरूले आत्मदाह गर्नुपर्ने हो त? घरबारविहीनहरूले अब त्यही गर्नुपर्ने हो त?’ उनले प्रश्न गरे।
उनले देशमा दैनिक २२ देखि २५ जना मानिस झुण्डिएर ज्यान गुमाइरहेको दाबी गर्दै सरकारले त्यसतर्फ ध्यान नदिएको आरोप लगाए।
‘किन यसतर्फ सरकारको आँखा पुग्दैन? यो सरकार हाम्रो सरकार होइन, नेपालीहरूको सरकार होइन। आज नेपालीले खोलाको डिलमा समेत बास पाएनन्। भोको पेट, पानीमा भिजेको छ। जाडोमा त्यो बच्चाको अवस्था कस्तो होला? कति हृदयविदारक कथा छ। यस्तो कथा अमेरिकाका निर्देशकहरूले भेट्टाए भने त्यसैमा फिल्म बनाएर ओस्कार पुरस्कार जित्न सक्थे,’ उनले भने।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया