बिएल संवाददाता
बझाङको केदारस्यूँ गाउँपालिकामा भएको बोलेरो जिप दुर्घटनाका घाइतेको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर पठाउन लागिएको छ।
बझाङका एमाले सांसद ऐन महरको पहलमा उद्धारको लागि हेलिकप्टर पठाउन लागिएको हो। सांसद महरले हेलिकप्टर सुर्खेतबाट उडिसकेको जानकारी दिए।
‘बझाङको सुँगरे दुर्घटनाका सख्त घाइतेहरूको उद्दारका लागि सुर्खेतबाट हेलिकोप्टर उडिसकेकोले अबको केहि समयमा दुर्घटनास्थल पुग्ने भएकोले न आत्तिन अनुरोध छ,’ महरले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘घाइतेहरूको जिवनरक्षाको लागि हदैसम्मको प्रयास जारी छ। मेरा भगवानरुपि नागरिकहरूको जिवन रक्षा मेरो कर्तव्य’
आज दिउँसो करिब ३ बजेको समयमा केदारस्यूँ गाउँपालिका–७ बाट दुर्गाथली गाउँपालिका–६ च्वाबनतर्फ जाँदै गरेको से१च २४४४ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनामा १३ जना घाइते भएका छन्। दुर्घटनास्थलमा स्थानीयवासी, नेपाल प्रहरीलगायत सुरक्षा निकायको सहयोगमा उद्धार कार्य जारी छ।
घटनाको कारण र क्षतिको बारे विस्तृत विवरण आइसकेको छैन।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया