बिएल संवाददाता
अहिलेको सरकारमा तीन जना उपप्रधानमन्त्री छन्। जसमध्ये सबै भन्दा बढी सम्पत्ति रवि लामिछानेको देखिएको छ।
उनको घरमा ८० तोला सुनदेखि चाँदीका भाँडाकुडासमेत रहेको छ। उनले भरेको सम्पत्ति विवरणमा ८० तोला सुन र १५ केजी चाँदीको भाँडाकुडा रहेको उल्लेख छ।
ती सबै रवि श्रीमती निकिता पौडेलका हुन्। र बाबुआमाबाट प्राप्त र केही किनिएकोसमेत विवरणमा जनाइएको छ।
यस्तै लामिछानेसँग १ रोपनी १ आना जग्गा रहेको छ। जुन पैतृक सम्पत्ति हो। लामिछानेको नाममा १ लाख १० हजार रुपैयाँ नगद रहेको छ।
किताको नाममा करिब १ लाख ५० हजार नगद रहेको छ। साथमा निकिताको नाममा शेयर गाडी पनि रहेको विवरणमा उल्लेख छ।
यस्तै उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ पनि धनी देखिएका छन्। उनको ललितपुर र जनकपुरमा साढे २ तले घर रहेको छ।
यस्तै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, सिन्धुली, ललितपुर, जनकपुरमा ५ ठाउँमा गरी ८ बिघा जमिन छ। जसमा धनुषाधाममा रहेके १ बिघा १५ कट्ठा जमिन मात्र पैतृक सम्पति हो। बाँकी सबै विभिन्न मितिमा खरिद गरिएको महासेठले जानकारी दिएका छन्।
यस्तै उनीसँग २ करोड २५ लाख रुपैयाँ, ४३ तोला सुन, ७ थान औँठी, ३ थान सिक्री र ३ करोड ५५ लाख शेयर रहेको उनले उल्लेख गरेका छन्।
तीन उपप्रधानमन्त्री मध्ये सबैभन्दा कम सम्पति नारायणकाजी श्रेष्ठको रहेको छ। उनको गोरखाको सिराञ्चोक ८ मा ३ कित्तामा जमिन छ। तर त्यस जमिन पनि पार्टीलाई दिन घोषणा गरिएको र दिने प्रकृयामा रहेको श्रेष्ठले उल्लेख गरेका छन्।
उनीसँग १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको छ। एउटा गाडी चलाइरहेको र त्यो पनि पार्टी अध्यक्ष प्रचण्डले दिएको सम्पत्ति विवरण उल्लेख गरेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया