बिएल संवाददाता
नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नोमाथि छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन्।
प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै आरजुले आफूमाथि लागेका आराेपकाे सबै फाइल खोलेर छानबिन गर्न चुनौती दिएकी हुन्।
टीकापुरको जग्गा आफूले किनेको भन्दै सबै कागजात हेर्न आग्रह गरिन्। 'जे जे छ सबै फाइल खोलेर देखाउनु। मैले टिकापुरमा ५० हजारमा किनेको हो। तपाईंहरू सबैले हेर्न सक्नुहुन्छ। सबै कागजात हेर्न सक्नुहुन्छ', उनले भनिन्।
उनी टीकापुरको जग्गा प्रकरणमा मुछिएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यसकाे छानबिन गर्ने बताइरहेकाे बेला कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी उनले यस्ताे दाबी गरेकी हुन्।
साथै उनले कांग्रेसले जनताको कुरा उठाएको भन्दै सहकारी ठगी प्रकरण छानबिनबाट सरकार भागिरहेको बताइन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया