बिएल संवाददाता
नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नोमाथि छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन्।
प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै आरजुले आफूमाथि लागेका आराेपकाे सबै फाइल खोलेर छानबिन गर्न चुनौती दिएकी हुन्।
टीकापुरको जग्गा आफूले किनेको भन्दै सबै कागजात हेर्न आग्रह गरिन्। 'जे जे छ सबै फाइल खोलेर देखाउनु। मैले टिकापुरमा ५० हजारमा किनेको हो। तपाईंहरू सबैले हेर्न सक्नुहुन्छ। सबै कागजात हेर्न सक्नुहुन्छ', उनले भनिन्।
उनी टीकापुरको जग्गा प्रकरणमा मुछिएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यसकाे छानबिन गर्ने बताइरहेकाे बेला कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी उनले यस्ताे दाबी गरेकी हुन्।
साथै उनले कांग्रेसले जनताको कुरा उठाएको भन्दै सहकारी ठगी प्रकरण छानबिनबाट सरकार भागिरहेको बताइन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया