बिएल संवाददाता
प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापालाई नियुक्त गरेका छन्।
प्रधानमन्त्री शाहले बुधबार पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् थापालाई आयोगको अध्यक्षमा नियुक्त गरेका हुन्।
थापाले दिल्लीस्थित स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चरबाट सहरी योजनामा स्नातकोत्तर गरेका छन्।
सरकारले पहिलो पटक विश्वविद्यालयबाहिरका व्यक्तिलाई सेवा आयोगको प्रमुख प्रशासकका रूपमा नियुक्त गरेको हो। हालसम्म त्रिविकै प्राध्यापकमध्येबाटै नियुक्त गर्ने प्रचलन थियो।
सरकारले विश्वविद्यालयमा राजनीतिक नियुक्ति लिएकाहरूलाई अध्यादेश ल्याएर एकैपटक पदमुक्त गर्ने तयारी गरेपछि आयोगका तत्कालीन अध्यक्ष घनश्याम भट्टराई र सदस्य अजय भट्टराईले राजीनामा दिएका थिए। प्रधानमन्त्री शाहले रिक्त सदस्य पदमा प्रा. रेजिना मास्केलाई नियुक्त गरेका छन्।
विश्वविद्यालयका सहकुलपति शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले सेवा आयोग अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको अध्ययन, मूल्यांकन तथा अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो।
सोही सिफारिस बमोजिम ३ जनामध्ये प्रधानमन्त्री शाहले थापालाई अध्यक्षमा नियुक्त गरेका हुन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया