बिएल संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बन्न जता पनि मिल्न जानु गल्ती भएको स्वीकार गरेका छन्।
पोखरामा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै प्रचण्डले पार्टी नेतृत्व रणनीतिक लक्ष्यबाट विचलित हुँदै पद, पैसा र सत्तामुखी राजनीतिमा अल्झिएको स्वीकारेका छन्।
उनले भने, ‘शान्ति सम्झौता र संविधान निर्माण गरेर गल्ती भएन। तर, हामीले रणनीति छोड्यौँ, कार्यनीतिलाई नै रणनीति मान्न थाल्यौँ। चुनाव जित्ने, सरकारमा जाने, मन्त्री हुने र प्रधानमन्त्री हुने कुरामै सीमित भयौँ।’
संविधान जारी भएपछि पार्टी नेतृत्व तात्कालिक स्वार्थमा केन्द्रीत भएको बताए। प्रधानमन्त्री बन्न कहिले कांग्रेस र कहिले एमालेसँग मिल्नु गल्ती भएको उनले स्वीकार गरे।
‘हिजो हामी जनताको अधिकारका लागि तँछाडमछाड गर्थ्यौं पछि पद, सुविधा र पैसा प्राप्तिका लागि तँछाडमछाड गर्न थाल्यौँ। नेतृत्वकै कमजोरीका कारण कार्यकर्तामा पनि त्यही प्रवृत्ति फैलियो। गल्ती माथिबाटै भयो। नेतृत्व पटक–पटक प्रधानमन्त्री बन्न कहिले कांग्रेस, कहिले एमाले र कहिलेकाहीँ अन्य दलसँग मिल्यो। त्यसको असर तलसम्म पुग्यो,’ प्रचण्डले भने।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया