बुधबार, २४ जुन २०२६

रास्वपाको ९९ सदस्यीय केन्द्रीय समितिकाे निर्वाचन आज

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ९९ सदस्यीय केन्द्रीय समिति चयनका लागि आज निर्वाचन हुँदै छ

 पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान प्रक्रिया सञ्चालन गर्न लागिएको हो ।

९९ केन्द्रीय सदस्य पदका लागि तेब्बरभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्। पार्टी निर्वाचन आयोगका एक पदाधिकारीले शिलापत्रलाई दिएको जानकारीअनुसार हालसम्म ४ सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्।

रास्वपाको विधानअनुसार पहिलो चरणमा सभापति र ९९  जना केन्द्रीय सदस्य पदका लागि निर्वाचन हुनेछ। अब विद्युतीय भोटिङ मेसिनमा उमेदवारको नाम इन्ट्री गर्ने काम भइरहेको छ 

सभापति पदमा अन्य कसैको उम्मेदवारी नपरेपछि रवि लामिछाने मंगलबारै निर्विरोध निर्वाचित भइसकेका छन् । केन्द्रीय समिति चयनका लागि आज निर्वाचन हुने भएकाे हाे ।

उम्मेदवारी दिएकाहरूले आफ्ना लागि मत मागिरहेका छन् । मतदान भने चितवन उद्योग संघको परिसरस्थित प्रदर्शनी केन्द्रको हलमा हुनेछ ।

बुधबार बिहान ९ बजेका लागि तय गरिएको मतदान भने निर्धारित समयमा सुरु नहुने देखिएकाे छ। निर्वाचनका लागि आवश्यक प्राविधिक तयारी लगभग पूरा भए पनि उम्मेदवारहरूको अन्तिम सूची उपलब्ध नहुँदा मतदान प्रक्रिया अघि बढ्न नसकेको हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!