बिएल संवाददाता
रास्वपा बारा क्षेत्र नम्बर ३ का सभापति भोला कुमार साह कानुले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावलीमा आफ्नो नाम हटाएको भन्दै गुनासो गरेका छन्।
सामाजिक सञ्जालमार्फत केन्द्रीय सभापति पदका लागि उम्मेदवारी घोषणा गरेपछि पोष्ट गरेपछि आफ्नो नाम नै महाधिवेशन प्रतिनिधिबाट गायब भएको उनको दाबी छ।
सुरुमा प्रतिनिधि सूचीमा आफ्नो नाम समावेश भएपनि अन्तिम नाम प्रकाशित गर्दा आफ्नो नाममा रातो लगाइएको उनले बताए।
उनले बारामा रास्वपाले बर्खास्त गरेका जिल्ला पूर्वसभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता कायम गर्नका लागि सभापतिमा रवि लामिछानेसँग उम्मेदवार बन्ने भन्दै उनले सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए।
यता रास्वपा बाराले भने उनीमाथि केही महिनाअघि नै कारबाही सिफारिस भएको र केन्द्रीय अनुशासन आयोगले कारबाही गरेपछि नाम हटाइएको दाबी गरेको छ।
कानुले किन घोषणा गरे सभापतिमा उम्मेदवारी?

‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया