आइतबार, २१ जुन २०२६

रास्वपा महाधिवेशन स्थल निरीक्षणका लागि आईजीपी कार्की चितवनमा, दुवै प्रहरीका एआईजीको सुरक्षा कमाण्ड

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आज उद्घाटन स्थलको निरीक्षणका लागि नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की चितवन पुगेका छन्।

जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्टहाउस चउरमा हुने उद्घाटनको सुरक्षा व्यवस्थापन चुस्त पारिएको सुरक्षा निकायहरूले जनाएका छन्।

समग्र सुरक्षा व्यवस्थापनको मनिटरका लागि नेपाल प्रहरीका एआईजी उमाप्रसाद चतुर्वेदी र सशस्त्रका एआईजी गणेश ठाडामगरलाई खटाइएको छ।

नेपाल प्रहरीबाट एआईजी चतुर्वेदीले महाधिवेशन अवधिभर समग्र सुरक्षा व्यवस्थापनको मनिटर गर्नेछन्। महाधिवेशन स्थलको फिल्ड कमाण्ड चितवनका एसपी रामेश्वर पौडेलले गरेका छन्। बागमती प्रदेशका डीआईजी दीपक रेग्मी पनि चितवनमा खटिएका छन्। प्रहरी प्रधान कार्यालयले केन्द्रबाट पनि थप मद्दत पठाएको छ।

यता सशस्त्र प्रहरी बलका तर्फबाट आईजी गणेश ठाडा मगरले समग्र सुरक्षा व्यवस्थापनको व्यवस्थापन गर्नेछन्। एपीएफले नम्बर–३ गढीमाई बाहिनीका बाहिनीपती किरण बस्नेतको कमाण्डमा टोली परिचालन गरेको छ। सशस्त्रको एउटा गण बराबरको सङ्ख्यामा प्रहरीहरू महाधिवेशन स्थलमा परिचालन गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!