बिएल संवाददाता
सर्वोच्च अदालतले सुस्तामा भारतीय हतियारधारी सुरक्षाकर्मीको दादागिरीको विरोधमा प्रदर्शन गर्दा पक्राउ परेका राष्ट्रिय जेनजी नागरिकका अभियन्ताहरूलाई रिहा गर्न आदेश दिएको छ।
सीमा सुरक्षाको विषयमा शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकहरूलाई पक्राउ गरी हिरासतमा राख्नु गैरकानूनी भएको ठहर गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अजय सोडारी (पूर्ण बहादुर बुढा) र वीरजंग विकलाई थुनामुक्त गर्न आदेश दिएको हो।
सीमा सुरक्षाको आवाज उठाउनु नागरिकको कर्तव्य भएको बताउँदै तत्काल रिहा गर्न सर्वोच्चको आदेशपछि गत जेठ २९ गते पक्राउ परेका उनीहरू रिहा भएका छन्।
भारतीय सुरक्षाकर्मीको हस्तक्षेपको विरोधमा माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गरेर फर्किने क्रममा उनीहरू बाटोबाटै पक्राउ परेका थिए।
सर्वोच्चले भनेको छ, ‘नेपालको सीमा सुरक्षा हुनुपर्दछ भन्ने विषयमा सचेत नागरिकको आवाज उठाएको कार्यलाई संविधान वा कुनै पनि कानून विपरीतको कार्य मान्न मिल्ने देखिँदैन।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया