बिएल संवाददाता
सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक आज (मंगलबार) बस्ने भएको छ। बैठक आज बिहान ९ बजेदेखि कानून मन्त्रालयमा बस्न लागेको हो।
कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल रहेका छन्।
यसअघि पनि पटक-पटक कार्यदलको बैठक बसेको भएपनि संसदीय छनबिन समितिको कार्यदेशमा सहमति हुन सकेको छैन।
कार्यदेशमा सत्ता पक्ष र प्रतिपक्षबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा प्रमुख विवाद रहेको छ।
सोमबारको संसद बैठकपछि सत्ता पक्ष र प्रतिपक्षबीच ध्रुवीकरण झन् बढेकाले कार्यादेशमा सहमति हुने सम्भावना कम देखिएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया