बिएल संवाददाता
सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक आज (मंगलबार) बस्ने भएको छ। बैठक आज बिहान ९ बजेदेखि कानून मन्त्रालयमा बस्न लागेको हो।
कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल रहेका छन्।
यसअघि पनि पटक-पटक कार्यदलको बैठक बसेको भएपनि संसदीय छनबिन समितिको कार्यदेशमा सहमति हुन सकेको छैन।
कार्यदेशमा सत्ता पक्ष र प्रतिपक्षबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा प्रमुख विवाद रहेको छ।
सोमबारको संसद बैठकपछि सत्ता पक्ष र प्रतिपक्षबीच ध्रुवीकरण झन् बढेकाले कार्यादेशमा सहमति हुने सम्भावना कम देखिएको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया