बिएल संवाददाता
अर्थमन्त्री स्वर्णिम वाग्लेले करको दर हेरफेर गरेको आरोपबारे जवाफ दिएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकका बोल्दै उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै सांसदहरूलाई आफ्नो गरिमा आफैं राख्न आग्रह गरे। उनले सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको र जनताले अनुमोदित गरेको कुरालाई धोका नदिने प्रतिवद्धता गरे।
उनले भने, ‘स्वर्णिम वाग्लेले कुटुकुटु अर्थ मन्त्रालयमा व्यापारी पोस्यो भन्ने खालका पनि सुनिए। सांसदहरूले आफ्नो गरिमा आफैं राख्नुपर्छ। यो सदनको ओज घटाउने कामतिर हामी लाग्नु हुँदैन। सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको र जनताले त्यो कठोर प्रतिबद्धतालाई अनुमोदित गरेको २ महिनामै हामी धोका दिन सकौंला? सक्दैनौं।’
२ अर्ब नभई आफूले २ रुपैयाँ बदमासी नगरेको दाबी गर्दै उनले बेइमानी पुष्टि भए मन्त्रीमात्रै होइन सार्वजनिक जीवन नै त्याग्न तयार रहेको बताए।
उनले भने, ‘२ अर्ब होइन, २ रुपैयाँ बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग्छु। सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु। यो नैतिक आँट र उचाइ मप्रति औंला ठड्याउनेहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। तपाईंका काण्डबारे हामी अनभिज्ञ हौं र? ती पनि खुल्नेछन्।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया