बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका दाजु हरिशरण लामिछानेले पछिल्लो राजनीतिक घटनाक्रममाथि टिप्पणी लेख्ने क्रममा भाइ रवि र प्रधानमन्त्री बालेन्द्र शाहतिर सोझो कटाक्ष गरेका छन्।
‘आमा–छोरा संवाद भाग २’ शीर्षकअन्तर्गत लेखिएको स्टाटसमा उनले चुनावताका रविले सर्वसाधारणलाई सम्बोधन गर्दै बालेनका लागि भोट मागेको सन्दर्भ उल्लेख गरेका छन्। सम्झाउँछन्, ‘आमा...बालेनले देश बनाउँछ?’
सोही प्रश्नको उत्तर दिँदै आमाले अहिले दिएको जवाफ लेखेका छन्, ‘खै बाबु,कुरा बुझ्नुपर्च । संसदमै नजाने हो भने सिधा कुरा प्रधानमन्त्रीसँग भनेर टेलिभिजनमा बोलाएर र्याख्र्याख्ती पार त ।...प्रेस स्वतन्त्रता पनि मासिस् खराने ग्याङको संगतले ???’
दाजु लामिछानेले विशेषगरी सञ्चारमाध्यम,राजनीतिक दल तथा सामाजिक सञ्जालमा देखिएको दोहोरो मापदण्डमाथि व्यंग्य गरेका छन् । स्टाटसमा उनले ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम बन्द गराइएपछि प्रेस स्वतन्त्रतामाथि प्रश्न उठाउनेहरू अहिलेको घटनामा मौन रहेको संकेत गरेका छन् ।
त्यस्तै,राजनीतिक दल परिवर्तन र नेताप्रतिको अन्धसमर्थन प्रवृत्तिलाई पनि कटाक्ष गरेका छन्।
‘हिजो जसलाई गाली गरिन्थ्यो,आज उसैलाई प्रशंसा गरिन्छ’ भन्ने आशय व्यक्त गर्दै उनले राजनीतिमा दुई तिहाइ र पाँच वर्षे बहुमतको बहसलाई समेत व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेका छन्।
जीबी राई कता छ ? उनी सोध्छन्।
लेखेका छन्, ‘..ठुल्दाइलाई पत्याइनस्, के गर्नु अब घण्टी बजाउँदै गर न । अर्को कोही आइहाल्छ कि रालो घुमाउन !’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया