बिएल संवाददाता
सदनको गतिरोध अन्त्यको पहलस्वरुप रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलका नेताहरू छुट्टै छलफलमा जुटेका छन्।
लामिछानेले राखेको राखेको प्रस्तावमाथि छलफल गर्न र साझा धारणा बनाउन विपक्षीहरूको बैठक बसेको हो।
सभापति लामिछानेले सदनमा प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने प्रस्ताव गरेका थिए। विपक्षीहरूले प्रधानमन्त्रीको लिखित वक्तव्य आउनुपर्ने माग रविले सोझै अस्वीकार गरिदिएका थिए।
सर्वदलीय बैठकपछि साझा धारणा बनाउन विपक्षीहरूको अर्को बैठक बसेको एक नेताले बताए। बैठकले परराष्ट्रमन्त्रीलाई बोल्न दिने वा नदिने टुंगो लगाउने बताइएको छ।
छलफलमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने श्रम संस्कृति पार्टी बाहेक सबै विपक्षी दलका नेताहरू सहभागी छन्।
‘परराष्ट्रमन्त्रीलाई बोल्न दिने वा नदिने, संसद् चल्न दिने वा नदिने भन्नेबारे साझा धारणा बनाउन छलफल भइरहेको छ,’ एक नेताले भने ।
विपक्षीहरूको छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाका नेताहरू छन् ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया