बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा बसिरहेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएर सदनको अवरोध खुलाउनेबारे छलफल भइरहेको बताइएको छ।
छलफलमा नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बे, नेकपा एमालेका रामबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन लगायत सदनमा प्रतिनिधित्व गर्ने सबै दलका नेता र प्रमुख सचेतकहरू सहभागी छन्।
प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षीहरूले लगातार सदनमा अवरोध गर्दै आएका छन्। आजको छलफलमा प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीले जवाफ दिएर सदन खुलाउने विषयले प्रवेश पाएको हो।
विपक्षीहरूले प्रधानमन्त्रीको लिखित वक्तव्य आए मात्रै सदन चल्न दिने अडान लिएका छन्। यता सभापति लामिछानेले भने प्रधानमन्त्रीको लिखित पत्र नआउने, प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने दोहोर्याएका छन्।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया