बिएल संवाददाता
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले शपथ लिएका छन्।
उनीहरूले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले आजै उनीहरूलाई मन्त्री बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।
सुधन गुरुङ यसअघि पनि गृहमन्त्री नै थिए। सम्पत्ति विवरण विवादित बनेपछि राजीनामा दिएका गुरुङ छानबिन समितिबाट क्लिन चिट पाएपछि पुनः मन्त्रालय फर्किएका हुन्।
महावीर पुन भने म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन्। उनी तत्कालिन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा पनि शिक्षामन्त्री थिए।
रास्वपाले मन्त्रालय पुनर्संरचना अन्तर्गत गठन गरेको नयाँ विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मा उनै पुनलाई दिएको हो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया