बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ शान्ता बुढा क्षेत्री जिल्लाको नेतृत्वमा निर्वाचित हुने पहिलो महिला सभापति बनेकी छन्।
बर्दियामा हिजो भएको जिल्ला अधिवेशनबाट बुढा क्षेत्री फराकिलो मतान्तरसहित जिल्ला सभापति चुनिएकी हुन्। संस्थापक सभापति विपीन पौडेलको हृदयघातबाट निधन भएपछि उनी कार्यवाहक सभापतिको भूमिकामा थिइन्।
बुढा क्षेत्रीले सभापति पदमा १५८ मत प्राप्त गरेर निर्वाचित हुँदा उनका प्रतिष्पर्धी उदयबहादुर खत्रीले ४६ मत ल्याएर पराजित भएका थिए।
उपसभापति पदमा दुर्गाप्रसाद थारू निर्वाचित भएका छन्। सचिव पदमा दीपकबहादुर बिसी, सहसचिव पदमा शरद तिवारी निर्वाचित भएका छन्।
निर्वाचनबाट सदस्यहरूमा हेमराज सुवेदी, पदमा अर्जुन भण्डारी, अजित कुमार मल्ल, सोमबहादुर गुरुङ्ग विष्णुप्रसाद उपाध्याय, लिला पनेरु, गीता खड्का र रमेश अर्याल चयन भएका छन्।
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया