बिएल संवाददाता
नेपाली कांग्रेससहित विपक्षी दलहरु छलफलमा जुटेका छन्।
प्रतिनिधिसभाको बैठकपछि नयाँ बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलहरू छलफलमा जुटेका हुन्।
छलफलमा जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका अध्यक्ष एवं शीर्ष नेता सहभागी छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिएलगत्तै विपक्षी दलहरूकाे बैठक बसेकाे हाे।
विपक्षी दलको नाराबाजी र वेल घेराउबीच प्रधानमन्त्रीलाई विश्वासको मत लिएका थिए।
कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया