बिएल संवाददाता
पूर्व गृहमन्त्री तथा सुधन गुरुङले आफ्नो सम्पत्तिबारे उठेका प्रश्नहरूको निष्पक्ष छानबिनका लागि नै आफूले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले सार्वजनिक पदमा बसेपछि उठेका प्रश्नहरूको जवाफ दिनु आफ्नो जिम्मेवारी भएकाले छानबिन समितिसमक्ष उपस्थित भएर बयान दिएको बताए।
उनले बयानका क्रममा समितिले कडा प्रश्नहरू सोधेको र आफूले सबै प्रश्नको स्पष्ट तथा सहज जवाफ दिएको उल्लेख गरे। सम्बोधनका क्रममा उनले छानबिन समितिसँग भएको एक रोचक प्रसंग सुनाउँदै भने, ‘समितिले यतिका सम्पत्ति कहाँबाट आयो भनेर सोध्यो। मैले पनि तपाईंहरूको सम्पत्ति पनि छानबिन गरौँ न त भनेर प्रतिप्रश्न गरेको थिएँ।’
गुरुङका अनुसार छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगिसकेको छ र आफू पूर्ण रूपमा सफाइ पाउनेमा विश्वस्त छन्।
उनले आफू निर्दोष सावित भएर पुनः गृहमन्त्री बन्ने अवस्था आएमा सुरुका दुई महिना बधाई दिन र तस्बिर खिच्न मन्त्रालय नआउन कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आग्रह समेत गरे। ‘कामलाई प्राथमिकता दिन यस्तो आग्रह गरेको हुँ,’ उनले भने।
पार्टी संगठनका विषयमा बोल्दै गुरुङले अब बन्ने जिल्ला नेतृत्व राजधानी केन्द्रित नभई जिल्लामै बसेर काम गर्नुपर्ने धारणा राखे। ‘जिल्लाको सभापति जिल्लामै बसेर जनतासँग जोडिनुपर्छ। चुनावका बेला मात्र जनतामाझ पुग्ने प्रवृत्तिले पार्टीलाई फाइदा गर्दैन,’ उनले बताए।
कार्यक्रममा उनले आफू गृहमन्त्री हुँदा आम नागरिकबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै निर्वाचनमा विजयी गराउने गोरखावासी मतदातालाई धन्यवाद दिएका थिए।
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया