बिएल संवाददाता
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई उर्फ हर्क साम्पाङलाई ट्राफिक नियम उल्लंघन कसुरमा कारबाही गर्न निर्देशन दिएको छ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीले हर्क साम्पाङले ह्यान्डिलबाट हात छोडेर बाइक चलाएको र हेल्मेटको फिर्ता नलगाएको भिडियो प्रमाण प्राप्त भएपछि आवश्यक कारबाही गर्न धरानस्थित ट्राफिक कार्यालयलाई निर्देशन दिएका हुन्।
प्रतिनिधि सभा सदस्यसमेत रहेका साम्पाङले ट्राफिक नियम उल्लंघन गरेको भिडियो आफैंले पोस्ट गरेका थिए। आलोचना सुरु भएपछि उनले उक्त भिडियो सामाजिक सञ्जालबाट डिलिट गरेका थिए।
एक हातले बाइक र एक हातले क्यामेरा समातेर चलाउने क्रममा उनी दुर्घटनामा समेत गरेका थिए। दुर्घटनामा परि उनको हातमा चोटसमेत लागेको छ।
साम्पाङले बाटोमा रहेको ढुंगामा चिप्लिएर लड्दा सामान्य चोटपटक लागेको प्रतिक्रिया दिएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया