बिएल संवाददाता
नेकपा एमालेले संगठन निर्माणमा आफ्नै नेताका छोराछोरीलाई जोड्ने अभियान चलाउने भएको छ।
राजधानीमा सम्पन्न दुई दिने कार्यशाला गोष्ठीले पार्टीका नेता तथा कार्यकर्ताहरूकै छोराछोरीलाई पार्टीमा आवद्ध गराउने अभियान चलाउने घोषणा गरेको हो।
एमालेमा नेताहरूकै छोराछोरीले पार्टीमा भोट नहालेको, संगठनमा नबसेको, पार्टीप्रति रुचि नराख्ने जस्तो प्रवृत्ति देखिएको भन्दै नेता तथा उम्मेदवारहरूले गुनासो गर्दै आएका थिए। गत निर्वाचनमा पार्टीको शर्मनाक हारमा पनि नेताहरूकै परिवारले भोट नदिएको चर्चा हुने गरेको छ।
‘नयाँ पुस्तासँग अन्तरसंवाद कार्यक्रमको आयोजना गरी पार्टी आवद्ध परिवारका छोराछोरीहरूको सम्मेलन सबै कमिटीले आयोजना गर्ने घोषणा गर्दछ,’ संकल्प पत्रमा भनिएको छ।
पार्टीमा आवद्ध नेताहरूकै परिवारबीच चिनजान, घुलमिल र आत्मीय बनाउने कुरालाई प्रोत्साहन गर्न यो अभियान चलाइएको एमालेले जनाएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया