बिएल संवाददाता
रास्वपा सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा शिष्टाचार भेटवार्ता भएको छ।
भारतीय जनता पार्टीको निमन्त्रणमा भारत भ्रमणमा रहेका सभापति लामिछानेले बुधबार त्यहाँका प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन्।
भेटको तस्बिर राख्दै मोदीले लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको बताएका छन्।
मोदीले एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने रास्वपा सभापतिको चाहनालाई आफूले स्वागत गर्ने र पूर्ण रुपमा सहमत रहेको बताएका छन्।
मोदीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन्।
मोदीले एक्समा नेपालीमै लेखेका छन्, ‘हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं।’
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया