बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी ओलीले बालेन सरकारले बनाएको सम्पत्ति छानबिन आयोग नस्वीकार्ने बताएका छन्।
एमालेको दुईदिने कार्यशाला कार्यक्रममा सम्बोधन गर्दै ओलीले सम्पत्ति छानबिन आयोगलाई बयान र कुनै विवरण नदिने स्पष्ट पारे।
‘यस्ता आयोगलाई हामी मान्यता दिदैनौं। अरु कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ। त्यसमा सम्पत्ति विवरण भरेर पठाउदिनँ। जे जे गर्न सक्छ, गरोस्,’ ओलीले भने।
विपक्षीलाई फसाउन आयोग गठन गरिएकाले बयान नदिने बताए। उनले सरकारलाई प्रतिशोधको पोको भएको संज्ञा दिए।
‘यो राज्य राज्य होइन, यो पूर्वाग्रहको पोको हो। प्रतिशोधको पोको हो। देशद्रोही क्रियाकलाप गर्ने प्रायोजित भवितव्यले बनेको चिज हो। यसले विपक्षीलाई फसाउन यस्ता क्रियाकलाप गरेको छ।’
आफ्नो सम्पत्ति खरानी भइसकेकाले विवरण नभर्ने पनि उनले बताए। ‘…मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले,’ उनले भने, ‘सम्पत्ति विवरण फेरि चाहियो? आगो लगाएर पुगेन, सम्पत्ति विवरण? खरानी छ, उठाएर लैजा सरकार। के को सम्पत्ति विवरण?,’ उनले भने।
ओलीले आफ्नो सम्पत्ति खरानी भइसकेकोले त्यही खरानी उठाएर लैजान सरकारलाई चुनौती दिए।
‘आगो लगाएर खरानी बनाएको ठाउँमा मेरो सम्पत्ति विवरण? मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले। सम्पत्ति विवरण फेरि चाहियो? आगो लगाएर पुगेन, सम्पत्ति विवरण? खरानी छ, उठाएर लैजा सरकार। के को सम्पत्ति विवरण?’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया