बिएल संवाददाता
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन र संगठनलाई समुदायस्तरसम्म विस्तार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जनसंगठनका इन्चार्ज र अध्यक्षहरूलाई काठमाडौंमा चाहिएका बेला कम्तीमा ५ हजार कार्यकर्ता उतार्न सक्नेगरी तत्काल आधार बनाउन निर्देशन दिएका हुन्।
महासचिव पोखरेलले नेतृत्वको वास्तविक क्षमता र खुबी संकटका समयमा नै परीक्षण हुने बताए।
‘जति बेला संकट गहिरिन्छ, त्यति बेला कार्यकर्तालाई सम्पर्कमा राख्ने कुरा अझ महत्वपूर्ण हुन्छ। नेतृत्वको खुबी र क्षमता पनि संकटमै देखिन्छ। संकटका बेला हतारमा गरिने निर्णयले दुर्घटनातर्फ पुर्याउन सक्छ,’ उनले भने।
पार्टीभित्र समस्या रहेको भन्दै निराशा फैलाउनेभन्दा समाधान खोज्ने संस्कृतिको विकास गर्नुपर्नेमा पनि महासचिव पोखरेलले जोड दिए।
भविष्यमा आवश्यक पर्दा चाहिने शक्ति एमाले नै हो भन्ने जनताले बुझेको र अझै कायम रहेको उनले दाबी गरे। एमाले नेतृत्वलाई सबक सिकाउन मात्रै जनताले घण्टीमा भोट दिएको उनको बुझाइ छ।
‘हामी जनतासँग अपिल गर्ने ठाउँमा मात्र सीमित भयौं। जनतासँगको हाम्रो सम्बन्ध कमजोर बन्न पुगेको छ। जनताले हामीलाई विश्वास नगरेका होइनन्। उनीहरूले अहिलेका लागि घण्टीमा मतदान गरेर हामीलाई सबक सिकाउने प्रयास गरेका हुन्,’ उनले भने।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया