बिएल संवाददाता
राप्रपाका सांसद खुश्बु ओलीले रास्वपा सांसदहरूलाई प्रधानमन्त्रीको बचाउ गर्न ‘नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिरहेको’ आरोप लगाएकी छन्।
सांसद ओलीले सीमाजस्तो गम्भीर विषयलाई टार्ने कुरा नगर्न र गम्भीर अभिव्यक्तिको बचाउ नगर्न आग्रह गरिन्।
‘हिजोसम्म नेपालको एक इन्च पनि भूमि नछोड्ने कुरा गर्नेहरू आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिरहेको छ। यो भन्दा दुःखद् केही हुन्छ जस्तो लाग्दैन,’ उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूले हिजो व्यक्त गर्नुभएको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त गम्भीर विषय बनेको छ। प्रधानमन्त्री भनेको व्यक्ति होइन, संस्था हुन्,’
नेपालको राजकीय सत्ताबाट आएको ज्यादै फितलो भाष्यले राष्ट्रिय संकट उत्पन्न गर्ने जोखिम बढेको खुश्बुले चिन्ता व्यक्त गरिन्।
उनले भनिन्, ‘यसलाई भइहाल्यो, सामान्य विषय हो भनेर उहाँको आसय अर्कै हो भनेर टार्ने विषय होइन।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया